+
+

युक्रेनमा आक्रामक कदम चाल्ने रुसी योजनाबाट अमेरिका चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ११:२२

१६ मंसिर, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युक्रेनविरुद्ध आक्रामक कदम चाल्ने रुसको योजना रहेको बताएका छन् ।

बुधबार लात्भियाको रिगामा सम्पन्न नेटोका विदेशमन्त्रीको बैठकपछि पत्रकारसँग कुरा गर्दै ब्लिङ्केनले युक्रेनविरुद्ध ‘महत्वपूर्ण आक्रमक कदम’ चाल्ने रुसको योजना रहेको बताएका हुन् ।

‘रुसले युक्रेनविरुद्ध महत्वपूर्ण आक्रामक योजना बनाएको प्रमाण भेटिएपछि’ अमेरिका निकै चिन्तित बनेको पनि ब्लिङ्केनको भनाई थियो ।

बिहीबार स्विडेनमा हुने  युरोपेली रक्षा एवं सहयोग संगठन (ओएससीई) को बैठकका क्रममा ब्लिङ्केनले रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभसँग भेट्ने कार्यतालिका छ । ल्याभरोलाई भेट्नुभन्दा एक दिन अगाडि ब्लिङ्केनको अभिव्यक्ति आएको अलजजिराले जनाएको छ ।

पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध निकै तनावपूर्ण बन्दै गइरहेको छ । रुसले युक्रेनी सीमा नजिकै भारी मात्रामा सैनिक र अत्याधुनिक हतियार तैनाथ गरेपछि तनाव थप चर्किन पुगेको हो ।

तनाव चर्किँदै गएपछि दुवै मुलुकले एकअर्काका कुटनीतिज्ञलाई देश छोड्न भनेका छन् ।

बुधबार रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभाले विगत तीन वर्षदेखि मस्कोस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीलाई देश निकाला गरिने बताएकी थिइन् । अमेरिकाले २७ जना रुसी कुटनीतिज्ञलाई देश छोड्न भनेपछि रुसले पछिल्लो कदम चालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?