+
+

प्रहरीका कार्यालय सहयोगीको पनि अब स्तर वृद्धि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:२३

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीका कार्यालय सहयोगीको पनि स्तर वृद्धि हुने भएको छ ।

हालसम्म प्रहरीमा भर्ना भएपछि एउटै पदबाट अवकाश पाउने कार्यालय सहयोगीले अब सुब्बा सरहको सुविधा लिएर घर जान पाउने भएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रहरी नियमावली, २०७८ को नवौं संशोधनले कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने व्यवस्था गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले कार्यालय सहयोगीका लागि पाँचवटा स्तर रहने गरी नियमावली संशोधनका लागि गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाइएको बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन ।’

गृह मन्त्रालय स्रोतका अनुसार श्रेणी विहीन पदमा सुरुमा नियुक्ति हुने प्रहरी कार्यालय सहयोगी प्रथमस्तरका हुनेछन् । पाँचदेखि १० वर्षसम्म सेवा अवधि भएकालाई द्वितीयस्तर कायम गरिनेछ भने १० देखि १५ वर्षसम्मका कर्मचराीलई तृतीय स्तर कायम गरिनेछ ।

स्रोतका अनुसार १५ देखि २० वर्षभन्दा कम सेवा अवधि भएकालाई चतुर्थ स्तर कायम गर्ने व्यवस्था गरिएको छ भने २० वर्ष वा त्यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गर्ने निर्णय भएको छ ।

हाल सेवामा भएका कार्यालय सहयोगीलाई पनि यो नियम लागू भएसँगै स्वतः स्तर वृद्धि गरिने पनि उल्लेख गरिएको छ । उनीहरुको तलब सरकारले तोके अनुसार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?