
१९ मंसिर, काठमाडौं । युरोपेली मुलुकले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने तयारी गरेका छन् ।
शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने सोंचमा कैयौं युरोपेली मुलुक रहेको बताएका हुन् । तर संयुक्त नियोग खोल्नुको अर्थ तालिबान शासनलाई मान्यता दिनु नरहेको पनि उनले प्रस्ट पारे ।
‘हामीले कैयौं युरोपेली मुलुकको एक संगठनबारे सोचिरहेका छौं’, माक्रोले दोहामा पत्रकारसँग कुरा गर्दै भने। ‘संयुक्त मिशन’ खोल्ने कार्यले युरोपेली कुटनीतिज्ञहरूलाई अफगानिस्तानमा उपस्थित हुन सघाउने पनि उनको भनाइ थियो ।
‘तालिबानलाई राजनीतिक मान्यता दिने वा उनीहरूसँग छलफल गर्ने कार्यभन्दा यो कदम फरक छ’, माक्रोँले थपे, ‘हामीले खोलेलगत्तै हाम्रो प्रतिनिधित्व हुने छ ।’
एक हप्ताअघि युरोपेली युनियनले तालिबानसँगको वार्तापछि अफगानिस्तानमा कूटनीतिक नियोग खोल्ने संकेत गरेको थियो । तर हालसम्म युरोपेली मुलुकसहित अन्तर्राष्ट्रिय समुदायले नयाँ तालिबान सत्तालाई मान्यता दिएको छैन । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4