News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ।
- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वार्ताको माध्यामबाट युद्धविराम गर्न दुवै पक्षलाई भनेका छन्।
- चीनले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने बताएको छ।
चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यस्तो आह्वान गरेका हुन् । जियानले जति सक्दो छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न पनि दुवै पक्षलाई भनेका छन् ।
हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् ।
अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए ।
चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे । चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए ।
प्रतिक्रिया 4