+
+
Shares

बाढीका कारण अफगानिस्तानमा ७३ हजार मानिस प्रभावित : संयुक्त राष्ट्रसंघ

वर्षाका कारण आएको बाढीले सयौं गाउँ जलमग्न भएको र ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:५५

२७ चैत, काठमाडौं । गत दुई हप्तामा अफगानिस्तानमा बाढीमा परी  दशौं हजार प्रभावित मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघकाअनुसार मार्च २६ देखि अप्रिल ६ सम्म अफगानिस्तानमा भारी वर्षा भएको थियो । वर्षाका कारण आएको बाढीले सयौं गाउँ जलमग्न भएको र ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।

बाढीका कारण नौ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । यस्तै कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ । जसले प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?