+
+

हेटौंडामा भ्यूटावरसहितको १३ तलाको भवन निर्माण सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २१:०१

२० मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा –४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय व्यापारिक भवन निर्माणको लागि सम्झौता गरेको छ ।

उपमहानगरले व्यापारिक भवन निर्माणका लागि ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँमा लामा, रसुवा, बानियाँ जेभीसँग सम्झौता गरेको छ ।

मेयर हरिबहादुर महतले हेटौंडामा अहिलेसम्मकै ठूलो लगानीमा बसपार्कमा बस टर्मिनल, थानाभ¥याङमा तरकारी थोक बजार र बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न लागेको बताए । उपमहानगरपालिकाको ठूलो लगानी भएका तीन वटा भवन मध्य दुई वटाको काम चालु अवस्थामा रहेको छ । तरकारी थोक बजार प्रदेश सरकार र

उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरु दुई वटा भवन भने उपमहानगरपालिकाको लगानीमा निर्माण गर्न लागेको मेयर महतले बताए ।

हेटौंडा–४ मा हुप्राचौरमा रहेको बासुदेव सभागृहलाई भत्काएर उपमहानगरले दुई तला बेसमेन्टसहित भबना निर्माण गर्न लागेको हो । १३ तले भवनमा दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्‍याङ, सबै भन्दा माथि भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए ।

भ्यूटावरबाट आगन्तुकले हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सक्ने उपमहानगरपालिकाले बताएको छ । यो भवन तीन वर्षमा तयार हुने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?