+
+
Shares

हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १९:४०
कुलेखानी सडक (फाइल तस्वीर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।
  • प्रहरी नायव उपरीक्षक माधव काफ्लेले देउराली–कुलेखानी–फर्पिङ मार्गमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द रहने जानकारी दिए ।
  • कान्तिलोकपथमा चल्ने सवारी साधनलाई आज साँझ ६ बजेदेखि नै चौघडा बजारमा रोक्ने निर्णय भएको डिएसपी काफ्लेले बताए ।

२ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

आज शनिबार साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि प्रशासनले राजमार्ग आवागमनमा विशेष सावधानी अपनाएको हो ।

विपद् जोखिमलाई ध्यानमा राख्दै आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म हेटौंडाबाट देउराली–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं जाने (छोटोमार्ग)सवारी साधनलाई हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा रोकिने निर्णय गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

त्यसैगरी, मकवानपुर र ललितपुरलाई जोड्ने हेटौंडा–ठिंगन–बागमती–सातदोबाटो (कान्तिलोकपथ) जाने सवारी साधनलाई भने आज साँझ ६ बजेदेखि नै हेटौंडा उपाहानगरपालिका–६ चौघडा बजारमामा रोकिएको डिएसपी काफ्लेले बताए ।

प्रशासनका अनुसार काठमाडौं, ललितपुर, चितवन र सिन्धुली जोड्ने राजमार्गमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारी चालकलाई सजग रहन भनेको छ ।

मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न र सम्भावित विपद्को जोखिमबाट जोगिन प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?