+
+

फोकसवान पेमेन्ट सोलुसन्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध पहिलो भुक्तानी सेवा प्रदायक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:५८

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने विभिन्न सेवा तथा उपकरण्हरु फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक वित्तीय संस्थालाई पनि उपलब्ध गराउने छ ।

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई नेपाल राष्ट्र बैकले पहिलो चरण कार्यान्वयनका लागि अन्तिम स्वीकृति प्राप्त भइसकेको तथा एनसीएचएले पहिलो चरणसँग सम्बन्धित कार्यहरु पूरा गरी सञ्चालनको तयारीमा रहेको छ ।

यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि एनसीएचएलले विभिन्न बैंक/वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुसँग आवश्यक सहकार्यता गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?