
लेडिज ब्यान्डर भ्यालेन्सियाकोे ‘छोरी’ बोेलको गीत सार्वजनिक गरिएको छ । यो गीतले छोरीको मर्म र कर्मलाई वुझाउने कोशिश गरेको छ । छोरी स्वयंम एक शक्ति भएको र यो संसारको श्रृष्टीकर्ता पनि छोरी भएकोे गीतमा भन्न खोजिएको छ । बाबुराम राईको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।
नभ ढुंगेलको निर्देशन र अमृत सुनुवारको छायांकन रहेको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन छ । भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसी, पूजा परियार, खुस्बु राणा मगर, दीपा चौधरी, एन्जिला चौधरीको अभिनय हेर्न सकिन्छ । भिडियोमा सम्मान स्वरुप देशका केही चर्चित महिला व्यक्तिहरुलाई पनि देखोइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4