+
+

प्रदेश अधिवेशनमा माओवादीले प्रतिनिधिलाई कार्यकर्ताको घरमा राख्ने

नेकपा माओवादी केन्द्रले प्रदेश १ को अधिवेशनमा आउने प्रतिनिधिलाई कार्यकर्ता र समर्थकको घरमा राख्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १९:४६

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को अधिवेशनमा आउने प्रतिनिधिलाई कार्यकर्ता र समर्थकको घरमा राख्ने भएको छ ।

मंसिर २५ र २६ गते मोरङको विराटचोकमा माओवादी केन्द्रको प्रदेश १ को अधिवेशन हुँदैछ । अधिवेशनमा आउने प्रतिनिधिलाई होटलमा नभई समर्थक र कार्यकर्ताको घरमा राखिने माओवादी केन्द्र प्रदेश १ का इञ्चार्ज राम कार्कीले बताए ।

विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिवेशनमा पार्टीले ठूलो खर्च गरेर तामझाम नगर्ने बताए ।

‘अधिवेशनमा आउने प्रतिनिधिलाई होटलमा राखेर मासुभात खुवाउने कार्यक्रम छैन,’ कार्कीले भने, ‘पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको छ, कार्यकर्ता, समर्थक तथा आफन्तको घरमा राख्ने व्यवस्था गरेको छ ।’

नेता कार्कीले माओवादी केन्द्रको अधिवेशन नीतिगत बहसमा केन्द्रित हुने बताए । ‘हामी ठूला गेट, लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर देखावटी अधिवेशन गर्दैनौं,’ कार्कीले भने, ‘…हामी विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रित गरेका छौं ।’

प्रदेश १ को अधिवेशनमा झण्डै १ हजार १ सय प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?