0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी

सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:०६

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।

बुधबार बिहानदेखि विराटनगरमा सुरु भएको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।

सदस्यमा ७१ जनाले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी गराएको छ । कोशी प्रदेश समिति ६१ सदस्यीय हुने रास्वपाको पार्टी विधानमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?