२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवलपुर (बर्दघाट–सुस्ता पूर्वा) जिल्ला सभापतिका लागि नेपाली कांग्रेसका दुई जना पूर्वनेताहरूबीच प्रतिस्पर्धा भएको छ ।
रास्वपा नवलपुर जिल्ला सभापतिका लागि कांग्रेसका पूर्वनेताद्वय दोमन भण्डारी र गोकुल सापकोटाबीच प्रतिष्पर्धा भएको हो ।
भण्डारी कांग्रेसको मध्यविन्दु नगर कार्यसमिति सभापति पद त्यागेर रास्वपा प्रवेश भएका थिए । यस्तै सापकोटा कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नम्बर १ बाट महासमिति सदस्य निर्वाचित भएका थिए ।
मतदानबाट नेतृत्व चयन हुँदा सापकोटालाई तीन मतले पछि पराजित गर्दै भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन् । मंगलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार भण्डारीले १४२ र सापकोटाले १३९ मत प्राप्त गरेका थिए ।
उनीहरूसँग जिल्ला सभापतिका लागि प्रतिष्पर्धा गरेका अर्का उम्मेदवार कृष्णप्रसाद शर्मा १३६ मत ल्याएका थिए । उनी पनि २१ फागुनको निर्वाचनभन्दा केही महिना अघि मात्रै रास्वपामा प्रवेश भएका थिए ।
रास्वपा प्रवेश अघि सापकोटा डा. बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी (नेसपा) मा आवद्ध थिए । रास्वपा नवलपुरको अधिवेशनमा सात सय ५६ मध्ये चार सय ३३ मत खसेको थियो ।
प्रतिक्रिया 4