0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

व्यक्ति हत्याका फरार प्रतिवादी पक्राउ

व्यक्ति हत्या र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १७:३९

२७ जेठ, काठमाडौं । व्यक्ति हत्या र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ का ३९ वर्षीय कृष्ण मगर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए ।

६ असोज २०७८ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० सिम्ले फाँटमा नेत्रप्रसाद दाहाललाई कोदालो प्रहार गरी उनले हत्या गरेका थिए । हत्या आरोपमा १८ पुस २०७९ मा २५ वर्ष कैदको फैसला सुनाएको थियो ।

डाँकातर्फ भने ७ वर्ष र ७० हजार जरिवाना सुनाएको थियो । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?