+
+
Shares

कारागारबाट फरार दुई प्रतिवादी पक्राउ

उनीहरू २४ भदौमा  कारागारबाट फरार भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १८:१६

१९ माघ, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् ।

उनीहरू २४ भदौमा  कारागारबाट फरार भएका थिए ।

लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका व्यक्ति हुन् भने अजय चोरी मुद्दामा पुर्पक्षमा थिए ।

काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनीहरू  दुवै जनालाई सोमबार सम्बन्धित कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?