0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १७:२३

२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको वेल घेराउ गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले शिशिर खनालले धारणा राखेका थिए । त्यसपछि प्रतिपक्षी दलका नेताहरूले आफ्नो धारणा राखेका थिए ।

सो क्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका सांसद प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेका थिए ।

तर, सभामुख अर्यालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय दिएका थिएनन् । यही विषयमा असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदले वेल घेरेर नाराबाजी गरेका हुन् ।

श्रम संस्कृतिको विरोधकै बीच सभामुख अर्यालले संसद् चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?