२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरे ।
श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराइरहेका छन् ।
आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा असहमति जनाए ।
‘एउटाले गल्ती गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, साम्पाङले भने ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यही विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अनय विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताएका हुन् ।
प्रतिक्रिया 4