+
+
Shares

प्रधानमन्त्रीविरुद्ध श्रम संस्कृतिको विरोध– ‘नेपाली माटोको रक्षा गरौं’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा खबरदारी सभासहित प्रदर्शन गरेको छ।
  • संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेको भन्दै प्रदर्शनकारीहरूले फिर्ता लिन माग गरे।
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए।

२३ जेठ, काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले ‘नेपाली माटोको रक्षा गरौं, राष्ट्रको सम्मान जोगाऔं, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौं’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।

हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उनको भनाइ थियो ।

साथै, उनले सदनमा आफुहरुले राख्दै आएको अडान कायमै रहने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?