२७ जेठ, काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टीको अवरोध हटेको छ ।
सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका तर्फबाट सदनमा बोल्न दिने प्रतिबद्धता जनाएसँगै संसद्को गतिरोध हटेको हो ।
अहिले श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरिरहेका छन् ।
विपक्षी दलको तर्फबाट आफूहरूले बोल्न पाउनुपर्ने माग राखेर श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए ।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले शिशिर खनालले धारणा राखेका थिए । त्यसपछि प्रतिपक्षी दलका नेताहरूले आफ्नो धारणा राखेका थिए । सो क्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका सांसद प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेका थिए ।
तर, सभामुख अर्यालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय दिएका थिएनन् । यही विषयमा असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदले वेल घेरेर नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया 4