२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा ल्याउन सभामुखसँग रुलिङ गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै साम्पाङले सभामुखलाई रुलिङ गर्न माग गरेका हुन् । ‘प्रधानमन्त्रीलाई तपाईंले रुलिङ गरेर ल्याउनुपर्छ । किनकि उहाँ पनि हामी मध्येको एक जना पार्लियमेन्ट हो,’ उनले भने ।
संसद् विधिबाट चलाउन पनि प्रधानमन्त्री संसद्मा आउनुपर्ने साम्पाङको तर्क छ । ‘प्रधानमन्त्री यो संसद् र संविधान भन्दा ठूलो होइन,’ उनले भनेका छन् ।
सभामुखले आफ्नो पार्टीलाई बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजी सहित संसद् अवरोध गरको थियो । यसपछि बोल्ने समय पाएका साम्पाङले सदन अवरुद्ध भएकोप्रति माफी मागे ।
‘बोल्न पाउनलाई नाराबाजी गर्नुपर्यो । हाम्रो कारणले पर्न गएको असुविधाप्रति क्षमा पनि माग्छौ,’ उनले भने, ‘सभामुखको तर्फबाट पनि व्यवहार आगामी दिनमा यस्तो नहोस् ।’
प्रतिक्रिया 4