+
+

‘जय भीम’ आईएमडीबीमा २०२१ को शीर्ष स्थानमा, सूर्याले भने- मलाई गर्व छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १६:०३

२४ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘जय भीम’ रेटिङ साइट आईएमडीबीको सन् २०२१ मा शीर्ष स्थान ओगटेको छ । आईएमडीबीको उत्कृष्ट १० को सूचीमा साउथ सुपरस्टार सूर्या अभिनित चलचित्र ‘जय भीम’ले पहिलो स्थान ओगटेको हो ।

यस्तै सूचीको दोस्रो स्थानमा ‘शेरशाह’, तेस्रोमा ‘सूर्यवंशी’, चौथोमा ‘मास्टर’, पाँचौंमा ‘सरदार उधम’, छैटौंमा ‘मिमी’, सातौंमा ‘कर्णन’, आठौंमा ‘शिद्दत’, नवौंमा ‘दृश्यम २’ र दशौं स्थानमा ‘हसीन दिलरुबा’ परेका छन् ।

‘जय भीम’ शीर्ष स्थानमा रहेसँगै अभिनेता सूर्याले खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘एक अभिनेता र निर्माताका रुपमा यस्तो अवसर विरलै आउँछ । ‘जय भीम’ यस्तो अनुभव रह्यो, एक यस्तो फिल्म जसको हिस्सा बनेकोमा मलाई धेरै गर्व छ । यसका लागि सम्पूर्ण दर्शक र शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछु ।’

चलचित्र ‘जय भीम’ २४० भन्दा बढी देशबाट ओटीटी प्लेटफर्म प्राइभ भिडियोमा हेरिएको छ । यो चलचित्रलाई टीजे ज्ञानवेलले निर्देशन गरेका हुन् । तमिल स्टार सूर्याको यसमा प्रमुख भूमिका छ । यो चलचित्रमा उनले गलत शैलीका विरुद्ध लड्ने एक सच्चा वकिलको भूमिका निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?