+
+

‘ड्युन २’ बन्यो आईएमडीबीमा अहिलेसम्मकै उच्च रेटिङ पाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १२:२०

काठमाडौं । तिमोथी चालमेट र जेन्डाया स्टारर ‘ड्युन : पार्ट २’ विश्व फिल्मको तथ्यांक राख्ने आईएमडीबीमा अहिलेसम्म सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने फिल्म बनेको छ । यो लोकप्रिय रिभ्यु वेबसाइटमा उक्त साइन्स फिक्सन फिल्मले १० मध्ये ९.४ रेटिङ प्राप्त गरेको छ ।

‘एभेन्जर्स : एण्डगेम’को ८.४ र ‘अवतार’को ७.८ रेटिङलाई उछिन्दै ‘ड्युन २’ शीर्षस्थानमा उक्लिएको हो । यसअघि ९.१ र ९.३ रेटिङको बीचमा अंक प्राप्त गरेका महान् फिल्महरु ‘द गडफादर’, ‘द सशांक रिडेम्पसन’ र ‘द डार्क नाइट’को रेटिङलाई पनि यो फिल्मले उछिनेको छ । ‘ड्युन’को पहिलो भागले ८.१ रेटिङ प्राप्त गरेका थियो भने ६ विधामा ओस्कार जितेको थियो ।

अर्को चर्चित डेटाबेस्ड वेबसाइट ‘रटन टम्याटोज’मा ‘ड्युन : पार्ट २’ ले ९७ प्रतिशत रेटिङ प्राप्त गरेको छ । यो अंक अघिल्लो भागको भन्दा १४ अंकले बढी हो ।

डेनेस भिलेनेउभ निर्देशित फिल्मको दोस्रो श्रृंखलालाई समीक्षकले मास्टरपिस (सर्वोत्कृष्ट कृति)को संज्ञा दिएका छन् । कथावाचन, चरित्र चित्रण र एक्सन कोरियोग्राफीको प्रशंसा गर्दै क्रिटिक्सले ‘अन्य ब्लकबस्टर फिल्मजस्तो नरहेको उत्कृष्ट फिल्म’ भनेका छन् ।

द इन्डिपेन्डेन्टले ५ मा ५ रेटिङ दिंदै अहिलेसम्म बनेका ब्लकबस्टर साइन्स फिक्सनभन्दा उत्कृष्ट रहेको लेखेको छ । रोलिङ स्टोनका समालोचक डेभिड फियरले तीन घण्टा लामो यो फिल्मलाई वास्तविक अर्थमा साइन्स फिक्सन भनेका छन् । पहिलो भागभन्दा बोल्ड र राम्रो रहेको उनको भनाइ छ ।

हलिउड रिपोर्टर म्यागजिनले चेलमेटको प्रशंसा गर्दै अभिनेता चालमेटको अभिनयको प्रशंसा गरेको छ । इस्क्वायर म्यागजिनले अभिनेताको रुपमा चालमेटले छलाङ मारेको उल्लेख गरेको छ । द गार्जियनले चार तारा रेटिङ दिंदै निर्देशक भिलेनेउको प्रशंसा गरेको छ ।

‘ड्युन : पार्ट २’ शुक्रबारदेखि नेपालसहित विश्वभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?