+
+

मैले प्रदीप पौडेललाई अगाडि बढ्नुस् भनेको छु : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १७:५३

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अब युवाहरु अगाडि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले पछिल्लो ५ वर्षमा आफूले धेरै ध्यान युवातर्फ केन्द्रित गरेको बताए ।

तल्लो कमिटीबाट युवाहरु आएको र त्यो खुसीको विषय भएको उनले बताए । ‘मलाई लाग्छ, अब पालो भाइबहिनीको मात्र होइन, छोराछोरीहरुको आए जस्तो लाग्छ,’ उनले भने ।

१४ औं महाधिवेशनमा आफूले के गर्ने भन्नेबारे भोलि बताउने उनले बताए । पूर्वमहामन्त्री सिटौलाले अघि भने, ‘मैले जुन युवा मेरो साथमा भेटेँ, प्रदीप पौडेललाई । तपाई अगाडि बढ्नुस्, मेरो साथ छ भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?