+
+

रुवाण्डाले नेपालसँग राख्यो हवाई सम्झौताको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:३४

२६ मंसिर, काठमाडौं । अफ्रिकी मुलुक रुवाण्डाले नेपालमा हवाई सेवा सम्झौताको प्रस्ताव राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले आइतबार भेट गर्दै नेपाल र रुवाण्डा बीच दुई पक्षीय हवाइ सेवा सम्झौता गर्न प्रस्ताव राखेकी हुन् ।

राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएको भन्दै प्रस्ताव गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटक प्रवर्द्धनमा फाइदा हुने बताइन् । रुवाण्डाका पर्यटक भित्र्याउन नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक रहेको उनको भनाइ छ । सम्झौताले दुई देशबीचको मित्रता थप मजबुत हुने उनको भनाइ छ ।

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावबारे मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?