+
+

विवेकशील साझा पार्टीले सोध्यो संयोजक पाण्डेलाई स्पष्टीकरण

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:५१

२९ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ । पार्टी हित र मर्यादा विपरितका गतिविधि गरेको भन्दै पार्टीको मंगलबार बसेको बैठकको निर्णय अनुसार अध्यक्ष रवीन्द्र मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।

पाण्डेलाई संयोजकको ‘गहन भूमिका दिइए पनि जिम्मेवारी बोध नगरी केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित भएको र दुई तिहाइ बढी केन्द्रीय सदस्यले बैठकबाट गरेको निर्णयलाई अस्वीकार गर्नुको कारण’बारे सोधिएको छ ।

‘मूल नेतृत्वविरुद्ध अनर्गल, भ्रमणपूर्ण प्रचारबाजी गर्ने एवं उल्टै अवैधानिक रुपमा कोरम समेत नपुग्ने सानो समूहको बैठक बोलाइ पार्टीको लेटर हेड समेत दुरुपयोग गरी प्रवक्ता नियुक्ति लगायतका निर्णय सार्वजनिक गर्ने कार्य किन गुर्नभएको हो ?’ पाण्डेलाई सोधिएको छ ।

पार्टीको नाम, ठेगाना तथा लेटरहेड दुरुपयोग गरेर अनधिकृत विज्ञप्ति प्रकाशन गर्न लगाएको भन्दै वैधानिक निर्णयविरुद्ध निर्वाचन आयोगमा पटकपटक निवेदन दिएर सञ्चारमाध्यममा भ्रम छर्नुको कारणबारे पनि उनलाई सोधिएको छ । पाण्डेलाई ४ पुससम्म स्पष्टीकरण पेश गर्न भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण प्राप्त नभए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?