+
+

वात्सल्य नेचुरल आईभीएफले देशका ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १६:०९

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

नि:सन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढाउने उदेश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

पोखरा, विर्तामोड, नेपालगञ्ज र जनकपुरमा एक-एक दिनको शिविर आयोजना गर्न लागेको आईभीएफले जनाएको छ ।

पोखराको सभागृह चोकस्थित मेघा हेल्थकेयरमा पुस ३ गते, झापाको विर्तामोडस्थित निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकमा पुस १० गते, नेपालगञ्जस्थित नर्सिंग होम अगाडि पुस १७ गते र जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पताल अगाडि पुस २४ गते शिविर सञ्चालन हुनेछन् । शिविर बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ ।

शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ । शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धी छलफल गर्न तथा नि:सन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् ।

साथै सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सकिने आईभीएफले जनाएको छ । पूर्णपरीक्षण पश्चात आईभीएफ नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको आईभीएफले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?