+
+

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान’को टिकट पाउनै मुस्किल, पुष्पाको आक्रामक शुरुआत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते ११:५३

२ पुस, काठमाडौं । शुक्रबारबाट नेपाली हलमा दुईवटा विदेशी चलचित्र रिलिज भएका छन् । हलिउडको सफल सिरिज ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ शुक्रबारबाट विश्व बजारमा रिलिज भएको हो ।

यो चलचित्रले बक्स अफिसमा नयाँ उछाल ल्याएको छ । शुक्रबार र शनिबार देशका अधिकांश हलमा यो चलचित्रको टिकट पाउन नै मुस्किल देखिएको छ ।

क्यूएफएक्स चेनले उपलब्ध गराएको ६३ शोमध्ये शुक्रबार र शनिबार अधिकांश शो हाउसफूल छन् । दर्शकले टिकटका लागि ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ । आइतबार पनि यो चलचित्रले बम्पर कारोबार गर्ने सम्भावना देखिएको छ ।

शुक्रबारबाट नै साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज भएको छ । यो चलचित्रप्रति पनि दर्शकको उत्साह सुखद् देखिएको छ । काठमाडौंमा यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । मल्टिप्लेक्सले यो चलचित्रलाई उल्लेख्य शो उपलब्ध गराएका छन् । अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्रको समीक्षा समेत राम्रो आएकाले नेपालमा यो चलचित्रले राम्रो कमाइ गर्ने लक्षण देखाएको वितरक मनोज राठीले जानकारी दिए ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले ३४ शो उपलब्ध गराएको छ । यसरी हेर्दा क्यूएफक्सका चेनमा मात्र दुई चलचित्रका लागि ९८ शो उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?