+
+

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १०:३४

४ पुस, धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप-महानगरपालीका-२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप-महानगरपालीका-८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन -ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?