
११ पुस, काठमाडौं । ‘आईसी डिजाइनर रनवे १०’ फेसन शोमा मोडलदेखि सेलिब्रिटीसम्म र्याम्पमा उत्रिएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा शनिबार साँझ आयोजना भएको कार्यक्रममा उनीहरुले २१ सिक्वेन्समा आकर्षक पहिरन लगाएर र्याम्प नापेका हुन् ।
‘आईसी डिजाइनर रनवे १०’ मा २८ महिला र ८ पुरुष मोडल गरेर ३६ जनाले ७३ डिजाइनरका पहिरन प्रस्तुत गरेका थिए । ७३ जना फेसन डिजाइनर आईसी कलेजका १८ औं ब्याजका पासआउट विद्यार्थी हुन् ।
फेसन शोमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, अभिनेता सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ र सुपर मोडल सविता कार्की शो टपरको रुपमा र्याम्पमा प्रस्तुत भएका थिए ।
नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यसपटक पनि फेसन शो भव्य रुपमा सम्पन्न भएको बताए । कार्यक्रममा नग्मा श्रेष्ठ, अश्मी श्रेष्ठ, अनुराधा कोइराला, निशा अधिकारी, शरद् भेस्वाकर लगायत थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो । शोमा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्नु र उनीहरुका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
प्रतिक्रिया 4