+
+

हाम्रो गठबन्धन कसैको खिलाफमा होइन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:५४

११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलको गठबन्धन कोही विरुद्ध नभएको बताएका छन् । साथै यो गठबन्धन पूरा समय (संसदको अवधिभर)चल्ने बताएका उनले  त्यस अगाडि पनि जाओस् भन्ने चाहेको बताए ।

आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको गठबन्धन संविधान र संसद बचाउने भएको बताए ।

‘हाम्रो खिलाफमा गठबन्धन गर्‍यो भने ओलीजीहरुलाई पनि नलागोस् । कसैको खिलाफ होइन, यो संविधानका साथसाथै संसद बचाउने गठबन्धन हो’ उनले भने, ‘त्यसमानेमा यो गठबन्धन पूरा समयसम्म चल्नेछ । म त चाहन्छु अझ अगाडि पनि जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?