+
+

कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियममा थप कडाइ गर्ने फ्रान्सको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १०:१४

१३ पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको चिन्ताबीच फ्रान्समा प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको छ ।

सोमबार फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सले कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने घोषणा गरेका हुन् । नयाँ ओमिक्रोन भेरियन्ट तीव्र गतिले फैलिएको र दैनिक संक्रमितको संख्या एक लाखमाथि पुगेपछि प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको हो ।

फ्रान्समा जनवरी ३ गतेदेखि संभव भएको खण्डमा घरमै बसेर काम गर्नुपर्ने छ भने बन्द स्थलमा हुने कार्यक्रममा २ हजार भन्दा बढी मानिस सहभागी हुन पाउने छैनन् । नयाँ नियममा खुला स्थलमा हुने जमघटमा ५ हजारभन्दा बढी मानिस सहभागी हुन नपाइने समेत उल्लेख छ ।

त्यस्तै, लामो दूरीको यात्रामा खाना र मध्यपान सेवनमाथि प्रतिबन्ध लगाइएको छ भने अर्को सूचना जारी नभइन्जेलसम्मका लागि नाइट क्लब बन्द गरिने भएको छ । यसबाहेक, हप्तामा ३ दिन घरमै बसेर काम गर्नु पर्ने र सिटी सेन्टरमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ ।

फ्रान्स सरकारले अन्तिम पटक खोप लगाएको ४ महिनापछि बुस्टर डोज लगाउनु पर्ने अवधिलाई घटाएर ३ महिनामा झारेको छ । प्रधानमन्त्री कास्टेक्सले संसदबाट मस्यौदा विधेयक पारित भएको अवस्थामा रेष्टुरेन्ट, सिनेमा हल लगायतका स्थानमा जाँदा जनवरी १५ गतेदेखि नेगेटिभ कोभिड रिपोर्टसँगै खोप लगाएको कार्ड देखाउनु पर्ने पनि बताए ।

यसअघिको घोषणाबमोजिम जनवरी ३ गतेदेखि विद्यालय पुन: खुल्ने पनि उनले बताए । तर नयाँ घोषणामा नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्ण लकडाउन वा कर्फ्यू लगाउनेबारे उनले केही बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?