+
+

ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते ११:१७

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् ।

विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ ।

६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ । एपीएफ विरुद्ध जित हात पार्दै अंक तालिकामा शीर्ष तीनमा पर्ने योजनामा छ ।

उता एपीएफ पनि आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा १ अंकले मात्र माथि छ ।

आजै ४:४५ बजे सुरु हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । उता जारी लिगको एक मात्र जितविहिन टिम फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर पुछारमा छ र रेलिगेसन क्षेत्रबा६ उम्किन संघर्ष गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?