+
+

प्रचण्डको जवाफ : सबैको सुझाव समेट्छु, तर प्रतिवेदनमा व्यापक परिवर्तन हुन्न

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष १६ गते १५:४६

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा व्यापक परिमार्जन गर्नुपर्ने नदेखेको बताएका छन् । तर आएका सुझावहरुलाई समेट्ने बताए ।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रचण्डले सबैले प्रतिवेदनको मूल स्प्रिट सही छ भनेको बताए । उनले अघि भने, ‘म तपाइँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने यो सिङ्गै हलको साझा प्रतिवेदन भयो । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन, तर सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ ।’

हलमा प्रस्तुत गर्दा समेत प्रतिवेदन सबैलाई नबाँड्नुको कारण पनि खुलाए । हलमा प्रस्तुत नहुँदै बाहिर नजाओस् भनेर मात्र त्यसो गरिएको भन्दै उनले भने, ‘आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरुले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?