
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । तर २९९ सदस्यीय केन्द्रीय कमिटीमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गर्ने निर्णय भएपछि क्लस्टर भद्रगोल भएको छ ।
निर्वाचन समितिले केन्द्रीय समितिका १४५ जना खुलातर्फबाट चयन हुने र समानुपातिकतर्फबाट १५४ केन्द्रीय सदस्य चयन हुने तय गरेको छ । समानुपातिकतर्फका १५४ लाई संविधानले तोकेको ८ वटा क्लस्टर अनुसार खसआर्य, दलित, मुस्लिम,, मधेसी, आदिवासी जनजाति, थारु, अपाङ्गता भएका र पिछडिएको क्षेत्रमा छुट्याइएको छ ।
ती सबै क्लस्टरमा पनि महिला, पुरुष र युवालाई उप समूह बनाइएको छ । यसरी बनाएको उपसमूहमा सबैभन्दा धेरै संख्या महिलाले पाएका छन् । समानुपातिक पद्धतिमा खस आर्यबाट ४५ केन्द्रीय सदस्य निर्वाचित हुने भनिएको छ । जसमा पुरुषतर्फ १२ र पुरुष युवातर्फ ३ केन्द्रीय सदस्य चयन हुनेछन् भने महिला २४ र महिला युवा ६ जना हुनेछन् ।
कतिसम्म भने मुस्लितमर्फ कुल ७ केन्द्रीय सदस्यमध्ये एक महिला युवा र ४ महिला हुनेछन् भने पुरुषतर्फ खुला र युवा गरी जम्मा २ जना चयन हुनेछन् ।
यस्तो भद्रगोल किन त भन्ने प्रश्मा माओवादी केन्द्रको निर्वाचन समितिका संयोजक विष्णुपुकार श्रेष्ठ भन्छन्, केन्द्रीय समितिमा ३५ प्रतिशत महिला हुनुपर्छ भन्ने विधान छ । खुलाबाट महिला आउने सुनिश्चित नभएकाले समानुपातिकतर्फबाट १०४ जना सुनिश्चित गरिएको हो ।’
हेर्नुहोस् समानुपातिकको क्लस्टर
प्रतिक्रिया 4