
१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको दुखेसो गरेका छन् ।
बुधबार केन्द्रीय कमिटीको पहिलेा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताए ।
बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्यो । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्यो ।’
प्रचण्डले अघि भने, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4