+
+
Shares

रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ?

रास्वपा सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । तर बालेन शाहसँग भने प्रचण्डको कुराकानी/भेटघाट पुष्टि भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच चुनावपछि मोबाइल फोनमा कुराकानी भएको छ।
  • प्रचण्ड र बालेन शाहबीच भने चुनावपछि कुराकानी वा भेटघाट नभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
  • प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी/भेटघाट पुष्टि भएको छैन ।

यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताए ।

प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए । त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन ।

‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन । रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले अनलाइनखबरसँग भने, ‘उहाँहरुले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो । त्यसबाहेक अरु कुराकानी केही भएन ।’

पछिल्लोपटक बालेनका बुवा रामनारायण शाहको निधनमा समवेदना व्यक्त गर्न उनकै घर पुगेका बेला प्रचण्ड र बालेनबीच भेट भएको थियो ।

चुनावपछि ओली–प्रचण्डबीच पहिलोपटक भेट

प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।

ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए । त्यहीक्रममा ओली र प्रचण्डबीच भेट भएको हो । ‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव आचार्यले भने ।

आचार्यका अनुसार चुनावपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुराकानी र भेटघाट भएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?