+
+
Shares

केपी ओलीका पितालाई श्रद्धाञ्जली दिन पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन नेपाल–कोरिया मैत्री अस्पताल पुगेका छन्।
  • मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
  • मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए र गएराति अप्ठ्यारो महसुस भएपछि अस्पताल पुर्‍याइएको थियो।

२९ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन अस्पताल पुगेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका हुन् ।

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?