+
+

सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचन सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १७:००

२२ पुस, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालगायत सहभागी गिए ।

बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख गणेश अधिकारीलाई बिदाई गरे भने नवनियुक्त प्रमुख यदु खरेललाई बधाइ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?