+
+

सलमान भन्दा नि उदीपजी ह्याण्डसम लाग्छ : आँचल शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १२:५४
अभिनेत्री आँल शर्मा र उनका पति उदीप श्रेष्ठ । फाइल तस्वीर

२६ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाह गरेलगत्तै दिएको एक अन्तरवार्तामा आफ्ना श्रीमान् उदीप श्रेष्ठको तुलना बलिउड अभिनेता सलमान खानसँग गरिन् । आफूलाई उदीप सलमान खान जस्तो लाग्ने बताएपछि उनको चर्चा खुबै भयो ।

अन्तरवार्ता दिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दर्शकले उदीपलाई सलमानसँग तुलना गर्दै ट्रोल गर्न छाडेका छैनन् ।

तर, आँचल भने उदीपको तुलना सलमानसँग हुँदा आफूलाई गर्व लाग्ने बताउँछिन् । उनले भनिन्, ‘मलाई कुनै बेलामा सलमान खान खुबै मन पर्थ्यो । सलमान उभिँदा मात्र पनि अर्कै माहोल बन्थ्यो । म सलमानको फ्यान थिएँ ।’

उनले आफूलाई सलमान भन्दा पनि आफ्ना श्रीमान् उदीप बढी ह्याण्डसम लाग्ने बताइन् । ‘सलमान खान जस्तो विश्वले मन पराएको मानिससँग तुलना हुँदा त म खुशी छु । नराम्रो मानिससँग तुलना भएको भए पो तनाव हुनु होइन र ?’ उनले भनिन् ।

अर्को प्रसंगमा आँचलले आफू अहिले नै आमा बन्ने विषयमा कुनै सोच नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?