+
+

पीएम कप टी-२० : बागमतीले लुम्बिनीलाई ४९ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:०८

२६ पुस, काठमाडौं । सुवास खकुरेलको अर्धशतक र बलरहरुले उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेटमा विजयी सुरुआत गरेको छ । सोमबार शुरू भएको प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गरेको हो ।

बागमतीले दिएको ११५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ तथा बसिर अहमदले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा अलआउट गर्न बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे । उनले ३ ओभरमा ११ रन मात्र खर्चिए । यस्तै रामनरेश गिरीले ३ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिए । सुबास खत्री र तिलक भण्डारीले पनि २-२ तथा रिजन ढकालले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । ओपनर सुवास खकुरेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १९ र इशान पाण्डेले १३ रन जोडे ।

लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले २-२ विकेट लिए भने सिद्धान्त शाही, विक्रम भुसाल र बसिर अहमदले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?