+
+

पृथ्वी जयन्तीमा वीरगञ्जमा साइकल दौड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:१८

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड गरिएको छ । वीरगञ्ज साइकिलिङ क्लबले दिवसको अवसरमा साइक्लिङको आयोजना गरेको हो ।

वीरगञ्जको मकालु होटल चोकबाट सुरु भएको साइकल दौड आदर्शनगर, घडिअर्वा, माईस्थान, पावरहाउस चोक, बाइपास सडकबाट बसपार्क हुँदै घण्टाघरमा आएर सम्पन्न भएको थियो ।

बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनजर गरेर मास्क लगाउँ भन्ने सचेतना जगाउन साइकल दौडको आयोजना गरिएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए ।

‘क्लब स्थापना भएको एक वर्ष पुगेको छ, पृथ्वी जयन्ती आजै हो ‘ उनले भने, ‘बढ्दै गरेको कोरोना संक्रमणबाट बच्न मास्क लगाऔं भन्ने सन्देश दिन साइकल म्याराथन आयोजना गरेका हौं ।’

दैनिक साइकिलिङ गर्दा शरीर स्वस्थ राख्न र फिट रहन पनि मद्दत पुग्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

साइकल दौडमा सहभागीलाई पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रमाणपत्र प्रदान गरेका थिए ।

शारीरिक स्वास्थ्यका लागि दैनिक साइक्लिङ गर्न प्रोत्साहन गर्ने उद्देश्यले वीरगञ्जमा एक वर्षअघि क्लब स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?