
फाइल फोटो
२७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जुवा तास खेलिरहेको ठाउँबाट एक बुक खोलेको र दुई बुक नखोलेको तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4