+

टाइगर कप भलिबलमा न्यू डायमण्डको लगातार दोस्रो जित

२०७८ पुष  २७ गते १९:३४ २०७८ पुष २७ गते १९:३४
टाइगर कप भलिबलमा न्यू डायमण्डको लगातार दोस्रो जित

२७ पुस, पोखरा । न्यू डायमण्ड क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

न्यू डायमण्डले राष्ट्रिय टिमका कप्तान अरुणा शाहीसहित श्रीलंकन ३ खेलाडीसहित कोर्ट उत्रेको आयोजक टिम टाइगर ग्रुप पोखरालाई मंगलबार सोझो सेटमा पराजित गरेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले घरेलु टोलीलाई २५–१९, २५–१३, २५–१६ ले सहजै हरायो ।

राउण्ड रोविन लिगका आधारमा भइरहेको च्याम्पियनसिपमा लगातार दुई खेल जित्दै न्यू डायमण्ड ६ अंक जोडेर शीर्ष स्थानमा छ । न्यू डायमण्डले पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

यस्तै महिलातर्फकै अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्मीले अर्को विभागीय टोली एपीएफलाई ३-१ को सेटमा हरायो । विभागीय भिडन्तमा एक सेटले पछि परेको आर्मीले पुनरागमन गर्दै खेल जितेको हो ।

पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेपनि त्यो लय कायम राख्न सकेन । त्यसपछि आर्मीले लगातार तीन सेट २५–१९, २५–२०, २५–१४ ले जित्दै खेल जित्यो ।

पहिलो खेलमा पराजित भएको आर्मीले पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल पुलिसलाई पराजित गरेको एपीएफको भने यो पहिलो हार हो ।

न्यू डायमन्ड भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय