+
+

खोप लगाएका हवाई यात्रु ९५ प्रतिशत : वायुसेवा कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १४:५०

२९ पुस, काठमाडौं । नेपालमा हवाई यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेको वायुसेवा कम्पनीले दावी गरेका छन् ।

बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेको उल्लेख गरेको छ ।

१ हजार ८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा १ हजार ७९३ जना यात्रुहरुले खोप लगाएको पाइएको छ । यस अनुसार खोप लगाइसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ । बुद्ध एयरका पनि सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताएका छन् ।

‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन । हामीले यसअघि दुई पटक उडान बन्द पनि गरेका छौं । तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाई सेवा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले भने ।

यात्रुलाई स्वास्थ्य सतकर्ता अपनाउन आह्वान गर्दै जहाजको संक्रमणरहित सरसफाइका लागि फग मेसिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए ।

उनले हरेक उडानपूर्व जहाजको सरसफाइलाई अनिवार्य बनाएको बताए । उनका अनुसार सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । नियमित अन्तरालमा सेनिटाइजको प्रयोग गरिराख्नुपर्ने बुद्ध एयरले विज्ञप्तिमार्फत यात्रुहरुलाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?