+
+

कोरोनाको तेस्रो लहर रोक्न आवश्यक तयारी भइरहेको छ : मुख्यमन्त्री शाही 

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ ३ गते १८:४२

३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारले कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि आवश्यक तयारी थालिसकेको बताएका छन् ।

दोस्रो लहरमा प्रदेशका अस्पतालमा बेड र अक्सिजन अभावभएपछि संक्रमितले ज्यान नै गुमाउनु परेको थियो । तर सम्भावित तेस्रो लहरमा त्यस्तो स्थिति आउन नदिने गरी आवश्यक तयारी थालिएको शाहीको दावी छ । ‘प्रदेशका अस्पतालहरुमा आवश्यक बेड र अक्सिजनको व्यवस्थापन गरेका छौं । सीमा नाकामा होल्डिङ सेन्टरको स्थापना गर्नेदेखि विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आशोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालेका छौं’ उनले भने ।

मुख्यमन्त्री शाहीले ओमिक्रोनको असर न्यूनिकरणका लागि स्वास्थ्य संस्थाहरुको सवलीकरण, अक्सिजन प्लान्टहरुको सञ्चालन र स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथामिक्ता दिइएको मुख्यमन्त्रालयमा सोमबार आयोजितक पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले समुदाय स्तरमा कोरोना संक्रमणको रोकथाका लागि प्रदेशका ६६ वटा ‘सामुदायीक स्वास्थ्य इकाइ’हरुलाई ५ लाखका दरले ३ करोड ३० लाख रुपौयाँ सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने छ ।

त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, कालिकोट, जाजरकोट र सल्यानमा चारवटा एम्वुलेन्स खरिदका लागि २० लाखका दरले ८० लाख रुपैँया पठाइएको छ । साथै चारवटा शव बाहन खरिदका लागि १२ लाखका दरले ४८ लाख पठाइएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार ती शव बाहन दैलेख, कालिकोट, सल्यान र रुकुम पश्चिममा राखिने छ । एम्वुलेन्स सम्वन्धित स्वास्थ्य सेवा कार्यालयहरुले सरिद गरि सञ्चालनमा ल्याउने छन् ।

मुख्यमन्त्री शाहीले प्रदेशमा आठवटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताए । जसको १०० देखि ५०० एलपीएम क्षमता रहेको र ती प्लान्टबाट प्रदेशमा आवश्यक पर्ने मेडिकल अक्सिजन उत्पादन हुँने उनको दावी छ ।

प्रदेश अस्पताल सुर्खेतमा मेसिनरी औजार (अनलाइन यूपीएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोग शाला सुर्खेतका लागि मेसिनरी औजार खरिदका लागि २ करोड र कोभिड व्यवस्थापन खर्च भन्दै सुर्खेतको पञ्चपुरी नगरपालिकालाई १० लाख गरि २ करोड ४८ लाख बजेट पठाइएको मुख्यमन्त्री शाहीले बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?