+
+

६४ जिल्लामा एमालेको अधिवेशन सकियो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ११:४३

५ माघ, काठमाडौं । ६४ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएका छन् ।

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको थियो ।

हेर्नुहोस् हालसम्म सम्पन्न भएका जिल्ला अधिवेशनबाट चुनिएका नेतृत्वहरुको विवरण –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?