
अभिनेत्री ज्याकलिन फर्नान्डेज । फाइल तस्वीर
६ माघ, काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् ।
केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निरन्तर विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ ।
‘द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई भित्र्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4