+
+

६०० केजी गुणस्तरहीन महसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १२:१३

७ माघ, काठमाडौं । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरेको प्रहरीले जनाएको छ ।

उनले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी ‘स्पर्स हनी’ ब्राण्डमा गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

स्पर्स हनी भन्ने ब्राण्ड दर्तासमेत छैन । सो मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा परीक्षण गर्दा खानयोग्य नरहेको पाइएको प्रहरीले जनाएको छ । उनले मह बनाउन प्रयोग गरिने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी ल्याउने र गुणस्तरहीन मह बनाएर काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको पाइएको छ ।

मह बनाउन उनले ३० प्रतिशत गुल्कोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?