+
+

कर्णालीमा शपथ बहिष्कार गरेका शाह मन्त्रीबाट हटाइए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते २०:३९

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिएका थिएनन् । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफूसँगै राखेर शाहलाई मन्त्रिपरिषदबाट हटाएका हुन् ।

१८ वैशाखमा कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, शाहले दलका नेता समेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबीच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?