+
+

मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन् मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:३८

१२ माघ, जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उनले बताए ।

प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिएका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् ।

निर्वाचन स्म्पन्न भएपछि ३:३० बजेबाट मतगणनाको प्रकृया शुरु गरिने निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?