+
+
Shares

प्रदेश-१ को राजधानीका लागि जग्गा खोज्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते २०:२२

१६ माघ, मोरङ । प्रदेश १ सरकारले प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

जसको सदस्यमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका प्रमुख र सदस्य सचिवमा मुख्‍यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहने छन् ।

प्रदेशको नामाकरणका लागि समन्वय र सहजीकरणका लागि सरकारको तर्फबाट जयराम यादवलाई जिम्‍मेवारी दिने निर्णय गरेको मन्त्री आङ्बोले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले केही प्रदेश ऐन संशोधन विधेयक २०७८ लाई प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । यस्तै संघीय सरकारले सडक, पुललगायतका भौतिक पूर्वाधारमा ८ अर्ब १५ करोडको लागत प्रदेशमा हस्तान्तरण गरेको भन्दै प्रदेश सरकारले सो रकम उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको मन्त्री आङ्बोले बताए ।

यस्तै आन्तरिक मामिला मन्त्रालयको प्रदेश विपद् व्‍यवस्थापन नीति-२०७८ लाई  पास गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?